It is very easy to fake a bad poem in Nepali. All you need is a list of predictable imagery and sentiments, a vague undertone of nationalism washed with an inferiority complex, repeated mention of mothers and wives.
Sample:
टिमुरेको बिलौना
आमाको टिका र जहानको अँगालोले सजिए पछि
ऐनामा देखिएको छविलाई मैले
बन्द गरेर राखेको छु ऐनाभित्रै ।
गोरेटो ओर्लंदा लेकदेखि बेँसीसम्म
मेरा खुट्टा कामेका थिए लाजले —
त्यसको सम्झना पनि बन्दी बनाइ राखेको छु कतै ।
अहिले भर्खरै चिसो पानी पिएको थिएँ
काभ्रा मुनिको मूलबाट —
उहिले आँत भिजाउने यो पँधेरो
कति तीतो भएछ ! यसलाई पनि
रुमालमा गाँठो पारि राखेको छु ।
पुर्ख्यौली बहादुर ! नुनको सोझो गर्न जानेको !
लप्पन छप्पन, चोरीचकारी, बेइमानी
केहि नजानेको बुद्धु । थपनाको बुङ्गे भूत ।
पाँच फुट दुइ इञ्चले आकाश धानेको, नाङ्गै खुट्टा
धरतीमा जरा गाडेको । नाम्लाको डामले
निधारभरि जिउनुको इतिवृतान्त लेखेर
पासपोर्टको लाममा लम्पसार — हजुर, मलाई सस्तैमा लैजानुहोस् !
महिनौँसम्म आकाश — वा दामलीका अनुहारमा हाँसो — वा
रुखका डालीमा खेल्दै गरेको जोडी चखेवा वा —
ऋतुहरूले चोला फेर्दाका बेजोड रंगहरू वा —
ऐनामा मलिन आफ्नै प्रतिबिम्ब हेर्न नपाए मैले
अघि ऐनाभित्रै बन्द राखेको छवि सम्झुँला ।
गरम रेतको बादलभित्र सास फेर्न नपाउँदा
आफ्नै लेकको शितल सम्झनालाई बोलाउँला ।
मेटिने तिर्खा होइन मेरो — यो त सँधै झन् झन् जलि रहला ।
काभ्रा मुनिको मूल मेरो रुमालको गाँठोमा छ
अनि मेरा पाखुरामा बल, मेरो छातीमा सपनाहरू
यौटा काठे बाकसमा अटाउने भन्दा कति, कति धेरै ।
म मुगलाने, म लाहुरे, म सँधै देश पस्ने मान्छे —
मै बहादुर, मै गोर्खा, मै हली, मै गोठालो —
मलेशियाको प्लास्टिक गोदामदेखि
अरब मरुभूमिका ऊँट गोठसम्म
मेरै भरमा घाम बित्ता बित्ता सर्दै पश्चिम धस्सिन्छ ।
तैपनि म सस्तोमै बिकाउ छु, हजुर —
मलाई सस्तैमा लैजानुहोस् !
सम्झनाको गाँठो फुकेर यदि म भक्कानिएँ भने,
आमाको टिका, जहानको अँगालो सम्झेर रोएँ भने
मलाई फिर्ता पठाउने काठे बाकस
कत्तिनै महँगो छ र, हजुर ?
मलाई सस्तैमा लैजानुहोस् !
No comments:
Post a Comment
Thank you for the comment :)